थारूतर्फको काँग्रेस सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी



काठमाडाैँ । नेपाली काँग्रेसको थारूतर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षका उमाकान्त चौधरी निर्वाचित भएका छन् । उनी वर्तमान खानेपानीमन्त्री हुन् ।

पार्टी कार्यालय सानेपामा भएको मतगणनाको मतपरिणामअनुसार शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गरी उमाकान्त सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । उमाकान्तले २५५६ मत ल्याएका छन् भने तेजुलालले १८७७ मत पाएका छन् । ।