थप २६५ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

यस अवधिमा आठ हजार ६१७ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार ८३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ६१९ पुगेको छ ।


पछिल्लो समय थप ३५७ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख चार हजार ९०१ पुगेको छ । निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ३८६ छ । हाल होम आइसोलेसनमा ६ हजार ६२, संस्थागत आइसोलेसनमा ३२४, सघन उपचार कक्षमा ११४ र भेन्टिलेटरमा ३२ जनाको उपचार हुँदैछ ।

त्यसैगरी, पछिल्लो समय एक लाख ६ हजार ६१० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।