थप २६४ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

यस अवधिमा १३ हजार ७०९ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २४ हजार ७६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ८४५ पुगेको छ ।


पछिल्लो २४ घण्टामा थप ३६२ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख सात हजार ५१६ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५९ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ ।

त्यसैगरी, पछिल्लो समय दुई लाख ३६ हजार ४८२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८९ जना छ ।