तनहुँमा ३२ हजार बालबालिकालाई मोडर्ना खोप लगाइयो



तनहुँ । तनहुँमा ३२ हजारभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले सबै पालिकाको समन्वयमा विद्यालयमै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाएको हो । दश पालिकाका ३२ हजार ८४४ बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिए ।

तनहुँमा ३७ हजार बालबालिकालाई उक्त खोप लगाउने लक्ष्य रहेपनि लक्ष्यको ८९ प्रतिशतले मात्र खोप लगाएका छन् । खोप लगाउनेमध्ये १६ हजार ६६३ छात्रा र १६ हजार १८१ छात्र छन् । भानुमा चार हजार ७५७, व्यासमा आठ हजार ९१३, शुक्लागण्डकीमा पाँच हजार ६१९ र भिमाद नगरपालिकामा दुई हजार ८१२ बालबालिकाले खोप लगाएका हुन् ।


यसैगरी म्याग्देमा एक हजार ४६४, घिरिङमा एक हजार २५३, ऋषिङमा दुई हजार ७७, देवघाटमा एक हजार ५३४, बन्दीपुरमा एक हजार ८९० र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ५२५ बालबालिकाले खोप लगाएका जनाइएको छ ।