खाँण, कार्की र लेखकद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता



काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य, खुलाका लागि नेपाली कांग्रेसका नेताहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकले उम्मेदवारी दर्ता गराएका छन् । खाँण हाल गृहमन्त्री, कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री हुन् । उनीहरुले केहीबेरअघि केन्द्रीय सदस्य, खुलाका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।