काठमाडौँ–बहराइन सिधा उडानबारे छलफल



काठमाडाैँ । बहराइनका लागि नेपाली कार्यवाहक राजदूत अरुणा घिसिङ र बहराइन एयरपोर्ट कम्पनी (बिएसी) का प्रमुख कार्यकारी अधिकृत मोहम्मद युसिफ अलबिनफालाहबीच काठमाडौँ–बहराइन हवाई सम्पर्क स्थापना गर्नेबारे छलफल भएको छ ।

बिएसी भवनमा आज भएको भेटका क्रममा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीद्वारा काठमाडौँ मनामाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने सम्बन्धमा विस्तारमा छलफल भएको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ । भेटका क्रममा अलबिनफालाहले उक्त वायुसेवा कम्पनीलाई बहराइन आकाशमा उडानका लागि आफूले स्वागत गर्ने बताएकाे राजदूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।