कांग्रेस महामन्त्री पदको मतगणना जारी, गगन थापाकाे सुरूवाती अग्रता



काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले १०ः२० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको र छ घण्टाभित्र मतपरिणाम आइसक्ने जानकारी दिए ।

निर्वाचन समितिका अनुसार ३०० मत गन्दा गगन थापाले सर्वाधिक २०० मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्मा १०४ मत ल्याएका छन् भने उनलाई उछिन्दै प्रदिप पौडेलले ११० मत प्राप्त गरेका छन् । यस्तै प्रकाशशरण महतले ९१ र मीनेन्द्र रिजालले ५५ मत पाएका छन् ।  यस्तै राजाराम कार्कीले ५ मत ल्याएका छन् ।