कर्णालीका मुख्यमन्त्री शाहीलाई हराउँदै पिछडिएको क्षेत्रबाट बद्री पाण्डे सहमहामन्त्रीमा निर्वाचित



काठमाडाैँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट बद्री पाण्डे सहमहामन्त्रीमा निर्वाचित भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै शेखर कोइराला समूहका पाण्डे पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।

पाण्डेले २४११ मत पाए भने सभापति शेरबहादुर देउवा प्यानलका शाहीले २१३३ मत ल्याए। तेस्रो स्थानमा रहेका चेतराज बजालले ९९ मत पाए।