होन्डुरसमा पहिलो महिला राष्ट्रपति



होन्डुरसमा नयाँ राष्ट्रिपति निर्वाचित भएकी छन् । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रिपति निर्वाचित भएकाे जनाएको हो ।

होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रिपति निर्वाचित हुनुभएको घोषणा निर्वाचन आयोगले सोमबार गरेको हो । यहाँ अघिल्लो महिना नयाँ राष्ट्रिपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र उनलाई घोषणा गरिएको छ । सो घोषणामा उनको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरेको छ ।


उनले यहाँको निर्वाचनमा १७ लाखभन्दा बढी अर्थात् ५१.१२ मत प्राप्त गरेकी थिइन् । उनी होन्डुरसका पूर्व राष्ट्रिपति म्यानुअल जिलयाको श्रीमती हुन् । उनी होन्डेरसको पहिलो महिला राष्ट्रपति हुनेछिन् ।