सुनको मूल्यमा सामान्य वृद्धि



काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १००ले बढेर रु ९३ हजार २०० पुगेको छ । अघिल्लो दिन पहेँलो धातु प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ७०० रहने छ जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार ६०० तोकिएको थियो ।


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १०ले घटेर एक हजार २५० रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०९ डलर आसपास कारोबार भइरहेको छ ।