सर्वोच्चको विवाद समाधानका लागि विशेष भूमिका खेल्न प्रधानमन्त्रीलाई महान्यायाधिवक्ताको आग्रह



काठमाडौँ । महान्यायाधिवक्ता खम्मबहादुर खातीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वोच्च अदालतको विवाद समाधानका लागि भूमिका खेल्न आग्रह गरेका छन् ।

महान्यायाधिवक्ताको कार्यालयको ७१औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री देउवालाई सर्वदलीय बैठक बसेर भएपनि संकट समाधानका लागि भूमिका खेल्न आग्रह गरेका हुन् ।


उनले भने,‘आज न्यायालयमा सेवाग्राहीले सेवा नपाएको गुनासो सुनिएको छ । संसद बैठक चलिरहेको छैन । प्रधानन्यायाधीशमाथि प्रश्न उठेको छ । सरकारले यसमा विशेष चासो दिएर निकासको बाटो खोज्नुपर्छ।’

महान्यायाधिवक्ता खातीले संसदमार्फत वा अरु माध्यमबाट भएपनि न्यायपालिकाको समस्यामा निकास दिन आग्रह गरे । उनले न्यायाधीश र कानुन व्यवसायीहरूमाथि पनि प्रश्न उठिरहेको भन्दै पारदर्शी बन्नुपर्ने बताए ।