कांग्रेस महाधिवेशन : बागमती प्रदेशको मतपरिणाम सार्वजनिक



काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य ९बागमती प्रदेश०को मतपरिणाम सार्वजनिक भएको छ ।

गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक गरिएको मतपरिणामअनुसार बागमती प्रदेशबाट ध्यानगोविन्द रञ्जित ९२,४१९० र राजेन्द्रकुमार केसी ९२,१२९० मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यस्तै धुब्रप्रसाद अधिकारीले दुई हजार १११०, रमेशप्रसाद धमलाले एक हजार ६८४०, निमा ग्याल्जेन शेर्पा ३७५ र मनोज रानाले २४५ मत प्राप्त गरे ।


यसैगरी केन्द्रीय सदस्य ९बागमती प्रदेश० महिलातर्फ उर्मिला नेपाल केसी दुई हजार ३४९ मत प्राप्त गरी निर्वाचित भएका छन् । यस्तै विष्णुदेवी पुडासैनीले एक हजार ६७० र कृष्णा अमात्यले ५५१ मत प्राप्त गरेकाे केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।