साइबेरियामा खानी दुर्घटनामा परी ११ को मृत्यु, अन्य दर्जनौ बेपत्ता



साइबेरियाको खानीमा भएको दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अरु दर्जनौ बेपत्ता भएका छन् । खानी भित्र निसास्सिएर उनीहरुको मृत्यु भएको जनाइएको छ ।

बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन् । देशको केमेरोभो क्षेत्रमा पर्ने ग्रामोतेइनो गाउँमा रहेको खानीमा दुर्घटना भएको हो । दुर्घटनामा परेर बेपत्ता भएका ४६ जनाको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।