घनश्याम भुसाल एमाले उपाध्यक्षमा पराजित



साैराहा । घनश्याम भुसाल नेकपा एमालेको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए।

मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाम अनुसार भुसालले अरू ६ जना उम्मेदवारभन्दा कम मत पाएका छन् भने उपाध्यक्षमा सबैभन्दा धेरै मत अष्टलक्ष्मी शाक्यले पाएकी छन् ।


भुसालले जम्मा ७२५ मत पाएका छन् भने शाक्यले १९७६ मत ल्याएकी छन् । यस्तै सुरेन्द्र पाण्डेले १९३५ मत, रामबहादुर थापा बादलले १७६८, विष्णु पौडेलले १८५८ मत, युवराज ज्ञवालीले  १८४३ मत र सुवास नेम्वाङले १८५५ मत ल्याएका छन् ।