गृहमन्त्री खाँण र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता



काठमाडाैं, ३ मङ्सिर । गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लुबीच आज शिष्टाचार भेटघाट भएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकी सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा कोभिड–१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पु¥याएको सहयोगलगायत विषयमा छलफल भएको थियो । भेटमा सहायक विदेशमन्त्री लुको साथमा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी सहभागी थिए ।


त्यस्तै भेटमा नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको थियो । भेटमा गृहमन्त्री खाँणले नेपालको कोभिड विरुद्धको लडाईँमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिएका थिए । उनले अमेरिकी सरकारले कोभिडपश्चात अर्थतन्त्रको पुनउत्थानमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । नेपाल भ्रमण गरेकोमा सहायक विदेशमन्त्री लुलाई धन्यवाद दिँदै गृहमन्त्री खाँणले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।