४४७ सङ्क्रमित थपिए, ७ काे मृत्यु



१७ कात्तिक । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको ४४७ मा सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले नौ हजार ९१३ मा कोरोना परीक्षण गर्दा ४४७ मा सङ्क्रमित थपिएका जानकारी दिए ।

हिजो मङ्गलबार ४६९ मा सङ्क्रमण देखिएका थिए । देशभर सक्रिय सङ्क्रमित नौ हजार १२३ रहेका छन् । नेपालमा सङ्क्रमण दर १८.३ प्रतिशत पुगेको छ ।


उनका अनुसार ५०० भन्दा बढी सङक्रमित भएका जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ रहेका छन् । सङ्क्रमित शून्य जिल्ला दुई उनका अनुसार आज दुई जिल्लामा सङ्क्रमति शून्य रहेका छन् । हुम्ला र मुगु जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेका छ ।

पछिल्लो २४ घण्टामा ४३९ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट लाभ लिई घर फर्किएका छन् । योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९३ हजार २७१ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा पौडेलले आज कोरोना सङ्क्रमणबाट सात जनाको मृत्यु भएको जानकारी दिए । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४३४ को मृत्यु भएको छ ।

आज ९७ हजार ७० ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।अहिलेसम्म ८७ लाख १९ हजार ९९५ ले पहिलो मात्रा र ७३ लाख ८१ हजार २०२ ले पूर्ण मात्राको खोप लगाएका छन् ।