सर्वसम्मत नेतृत्व चयनको जिम्मा ओलीलाई दिइएको भन्दै भीम रावलको विरोध



साैराहा । नेकपा एमालेको महाधिवेशनको बन्द सत्रबाट सर्वसम्मत नेतृत्व चयनको सम्पूर्ण अधिकार अध्यक्ष केपी ओलीलाई दिइएको छ । नेकपा एमालेका १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी पार्टी अध्यक्ष ओलीले पाएका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीसहित केन्द्रीय सदस्य प्रस्ताव गर्न दिएको जिम्मेवारीप्रति असन्तुष्टि जनाएका छन् । शनिबार सौराहामा जारी १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र हलले अध्यक्ष ओलीलाई १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा दिएको थियो ।उपाध्यक्ष रावलले सो निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । उनले आफू अध्यक्षमा उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने समेत बताए ।