वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै



काठमाडाैं । पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेपमा कमी आउने क्रम जारी छ ।

नेपाल बैङ्कर्स सङ्घका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप रु ४३ अर्बले घटेको छ । गत असोजमा कूल रु ४२ खर्ब ३९ अर्ब निक्षेप सङ्कलन गरेका वाणिज्य बैंकहरुमा मङ्सिरको पहिलो सातासम्म रु ४२ खर्ब २६ अर्ब कायम भएको छ ।


वाणिज्य बैंकको कर्जा भने रु ४३ अर्बले बढेको छ । गत असोज मसान्तसम्मको कूल रु ३९ खर्ब ९८ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुको मङ्सिर पहिलो सातासम्म कूल रु ४० खर्ब ४१ अर्ब पुगेको छ ।