राष्ट्रपतिको विवरण सङकलन गर्दै १२ औँ राष्ट्रिय जनगणना शुभारम्भ

sf7df8f}F, @% sflQsM /fli6«o hgu0fgf /fi6«klt e08f/Laf6 z'ef/De /fi6«klt ejg zLtnlgjf;df laxLaf/ laxfg /fi6«klt ljBfb]jL e08f/Lsf] kfl/jfl/s tYofªs ;ªsng u/]/ /fli6«o hgu0fgf @)&* sf] z'ef/De ub}{ s]Gb|Lo tYofªs ljefusf dxflgb]{zs g]ljgnfn >]i7 . tl:a/ M k|bLk/fh jGt÷/f;;


काठमाडाैं, २५ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ ।

शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा तथ्याङ्क विभागका गणकहरु पुगेर राष्ट्रपतिको पारिवारिक तथ्याङ्क सङ्कलन गरी राष्ट्रिय जनगणना– २०७८ को प्रारम्भ गरिएको हो । तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीको पहिलो तथ्याङक लिएर राष्ट्रिय जनजणना– २०७८ को औपचारिक शुभारम्भ गरिएको बताए ।


उनका अनुसार राष्ट्रपतिलाई जनगणनाको तथ्याङकमा रहेका ८० वटा प्रश्न सोधिएको थियो । तथ्याङ्क विभागका अनुसार राष्ट्रपतिपछि आजै प्रधानमन्त्री शेरबहादुर देउवाको पारिवारिक तथ्याङ्क सङ्कलन गरिने छ । यसरी आजबाट देशभर राष्ट्रिय जनगणना– २०७८ सुरु भएको छ ।