भीम रावलले एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने



काठमाडाैं । एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावल निकट स्रोतले जानकारी दिएकाे छ ।

एमाले संस्थापनले महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा चयन तयारी गर्दै आएको छ । तर, ओलीको क्रियाकलापप्रति असन्तुष्ट रावललगायतले पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिँदै आएका छन् ।


दस बुँदे सहमति कार्यान्वयन नभएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रावलको सम्बन्ध बिग्रिएको छ । दस बुँदे कार्यान्वयन गर्न असहयोग गरेको भन्दै रावलले कार्यदलबाटसमेत राजीनामा दिएका थिए ।