प्रधानन्यायाधीलाई महाअभियोग लगाउन माग गर्दै ‘न्याय मार्च'(फोटोफिचर)



काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै बिहीबार विभिन्न पेसागत संगठनहरुले ‘न्याय–मार्च’ गरेका छन् ।

न्याय क्षेत्रको शुद्धिकरणका लागि भन्दै उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा, न्याय क्षेत्रको सुधार माग गर्दै सर्वोच्च अदालतदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्चपास गरेका हुन् । नेपाल बार एशोसिएसनसहित ७ वटा संस्थाको अगुवाइमा न्याय मार्च गरिएको हो । मार्चमा सहभागीहरूले जबराको सम्पत्ति छानविन गर्न र महाअभियोग लगाउन माग गरेका छन् ।