काठमाडौँ महानगरपालिकाले नेपाल भाषा अध्यापन गराउन वार्षिक रु १५ लाख अनुदान दिने



काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन वार्षिक रु १५ लाख अनुदान दिने भएको छ ।

कामपाको आज बसेको ७० औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कामपाले उपलब्ध गराउने रकममा नपुग खर्च क्याम्पसको आन्तरिक स्रोत तथा विद्यार्थीबाट सङ्कलन हुने शुल्कबाट बेहोरिने जानकारी दिए । बैठकले वडा नं ११ को कार्यालय सञ्चालनका लागि जग्गा प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको छ ।


बैठकमा सम्पदामैत्री भवन निर्माणका लागि स्वीकृत मापदण्ड कार्यान्वयन, पानी नआउने धाराका महशुल छुटका लागि महानगरपालिकाले गरेको प्रयास, नेपाल विद्युत् प्राधिकरणलगायत सडक खन्ने निकायसँगको समन्वय र डेङ्गु नियन्त्रणका लागि भइरहेको कार्यका सम्बन्धमा सदस्यहरुले जिज्ञासा राखेको बताइएको छ ।