थप २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

यस अवधिमा छ हजार ४६९ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २१ हजार ३६६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४९८ पुगेको छ ।


यस्तै पछिल्लो २४ घण्टामा थप २५६ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख दुई हजार ९०९ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय दुई लाख ११ हजार ५५३ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ९३१ रहेको छ ।

हाल होम आइसोलेसनमा छ हजार ५८९, संस्थागत आइसोलेशनमा ३४२, सघन उपचार कक्षमा ११६ र भेन्टिलेटरमा ३३ जनाको उपचार हुँदैछ ।