थप १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ तथा दुई हजार ३१४ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ लाख १६ हजार ३५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा ३४२ जना निको भएर घर फर्किएसँगै हालसम्म आठ लाख दुई हजार ३८९ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९६६ छ । जसमध्ये ६ हजार ५८९ जना होम आइसोलेशनमा र ३७७ जना संस्थागत आइसोलेशनमा छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२३ पुगेको छ ।

कोरोनाका बिरामीमध्ये १७१ जना आइसीयूमा र ३३ जना भेन्टिलेटरमा उपचाररत छन् । १० वर्ष मुनिका तीन बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एघारदेखि २० वर्ष उमेर समूहका १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।