चन्द्रागिरि उद्योग वाणिज्य सङ्घका अध्यक्षमा श्रेष्ठ



१५ कात्तिक । चन्द्रागिरि उद्योग वाणिज्य सङ्घका अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न सङ्घको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले उपाध्यक्षद्वयमा सुनिल रिजाल, विष्णु शाही, महासचिवमा घनश्याम लुइँटेल, सचिवद्वयमा रमेश कार्की र गीतादेवी भुसाल, कोषाध्यक्षमा राम थापा र सहकोषाध्यक्षमा अनिलकुमार बरालसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।


चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले अधिवेशनको शुभारम्भ गर्दै समृद्ध नगरपालिका बनाउन नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गरेको बताए । उनले भने, “कोरोनाबाट व्यवसायका क्षेत्रमा परेको असरलाई माथि उठाउन नगरपालिकाले सक्दो सहयोग घोषणा गरेको छ । लगानीमैत्री वातावरण तयार र निजी क्षेत्रको थप प्रवद्र्धन गर्न नगरपालिकाले ध्यान दिएको छ ।”

सङ्घको निवर्तमान अध्यक्ष राजेन्द्रविक्रम बानियाँले नगर क्षेत्रमा आर्थिक गतिविधि प्रवद्र्धन गर्न सङ्घ गठन भएको जानकारी दिँदै आफ्नो कार्यकालमा निजी क्षेत्रको व्यवसायलाई माथि उठाउने महत्वपूर्ण काम भएको बताए । काठमाडौँको पहिलो नगर उद्योग सङ्घका रूपमा ‘चन्द्रागिरि उद्योग वाणिज्य सङ्घ गठन’ भएको थियो ।