ग्लास्गोमा प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता



प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ग्लास्गोस्थित जलवायु सम्मेलनस्थल स्कटीस एक्जिबिसन सेन्टरमा प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनीहरुबीच द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानबारे छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिएका छन् । त्यसअघि प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको ब्रेकफास्ट बैठकमा सहभागी भएका थिए ।


प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति गोटाभाया राजापाक्षसंग पनि भेट गर्दैछन् । देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनका जलवायु विज्ञ जोन केरीलगायतसँग पनि भेट्ने तालिका छ ।