गोला प्रणालीसहितको नियमावली पास गर्ने फूलकोर्टको निर्णय



काठमाडाैं, २ मङ्सिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फूलकोर्ट) ले गोला प्रणालीसहितको नियमावली पास गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश राणासहित १९ जना न्यायाधीशको पूर्ण बैठकले गोला प्रक्रियासहितको नियमावली र गोेला प्रणालीकोे कार्यविधि बनाउने निर्णय गरेको हो । सर्वोच्च अदालतको नियमावली राजपत्रमा प्रकाशित भएपछि गोला प्रणालीबाट पेसी व्यवस्थापनका लागि बाटो खुल्नेछ ।


प्रधानन्यायाधीश राणाबाट उक्त कार्यविधि अनुमोदन गरेर कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा प्रकाशित गरेपछि गोला प्रणाली लागू गर्ने व्यवस्था कार्यान्वयनका लागि कानूनी आधार हुनेछ ।

सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एशोसिएसनले गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नुपर्नेलगायतका सुझावसहितको सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै आएको थिए ।