एमाले महाधिवेशन : १६ सय बढी मत खस्यो



साैराहा । चितवनको सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा एक हजार ६०० भन्दा बढी मत खसेको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार अहिले बिहान ९ः३० बजेसम्ममा एक हजार ६५० खसिसकेको छ । नयाँ नेतृत्व चयनका लागि बिहान ४ बजेदेखि मतदान सुरु भएको थियो ।

मतदाता लाइनमा बस्ने बेलासम्म मतदान जारी रहने भन्दै दाहालले ११ बजेसम्म मतदान सकिने जानकारी दिए । महाधिवेशनमा दुई हजार १५३ जनाले मतदान गर्दैछन् । मतदाताले अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदका लागि मतदान गर्दैछन् । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव भने निर्विरोध चयन भइसकेका छन् ।