एमाले महाधिवेशन : मतदान सकियो, केहि घन्टाभित्र परिणाम आउने



साैराहा । नेकपा (एमाले) को दसौं महाधिवेशनबाट नयाँ नेतृत्व यनका लागि भएको मतदान सम्पन्न भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन् ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन्। अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।


सोमबार राति सुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले ढिला गरी सुरु भएको थियो । मतदानमा विद्युतीय मेसिन प्रयोग गरिएको छ विद्युतीय मतदान भएकाले केहीघन्टाभित्रै मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।