एमालेमा जनताको आकर्षण छ : अध्यक्ष ओली



नेपालगञ्ज, १ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेप्रति जनताको आकर्षण दिनानुदिन बढ्दै गएको बताएका छन् ।

नेपालगञ्जमा आज आयोजित एमालेको बृहत् पार्टी प्रवेश तथा जनसभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको काम र एमालेको नीति विचारको आधारमा पार्टीप्रति जनलहर बढेको दाबी गरे ।


“एमाले सम्पूर्ण जनताको साझा पार्टी भएकाले सही विश्लेषण र निष्कर्षका साथसाथ साथीहरू पार्टी प्रवेश गर्नुभएको छ”, अध्यक्ष ओलीले भने, “एमाले प्रादेशिक÷जातीय पार्टी होइन, देश बनाउने पार्टी हो अबको निर्वाचनमा एमालेको आफ्नै सुदृढ बहुमत हुनेछ ।”

आफू प्रधानमन्त्री हुँदा विकासको लहर ल्याएर विश्वसामु पहिचान बनाएको दाबी गर्दै उनले आफ्नै पालामा नेपाल तीव्र ढङ्गले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको दाबी गरे ।