![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
१६ कात्तिक । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०० ले बढेर रु ९२ हजार कायम भएको छ ।
पहेँलो धातु सोमबार प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहने छ जसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ३०० तोकिएको थियो ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर एक हजार २५० कायम भएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)