![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
१२ कात्तिक । नेपालमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएकोे थियो ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
यसैगरी आज चाँदी बिहिबारको तुलनामा प्रतितोला रु पाँच घटेर रु एक हजार २४५ कायम भएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो । छापावाल सुन यो साताको मङ्गलबार अधिकतम रु ९२ हजार ६०० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)