चीनले नेपाललाई थप १० लाख डोज खोप दिने



२० असाेज । चीनले नेपाललाई अनुदानमा कोभिडविरुद्धको थप १० लाख डोज खोप अनुदानमा दिने भएको छ । बुधबार चिनियाँ राजदूत होउ यान्छीसँग बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको भेटवार्तापछि राज्यमन्त्री उमेश श्रेष्ठले चीनले थप दश लाख डोज खोप दिने जानकारी दिएका हुन् ।

भेटमा चिनियाँ राजदूत यान्छीले चीन सरकारले थप १० लाख डोज खोप अनुदानमा दिने निर्णय गरेको स्वास्थ्य राज्यमन्त्रीलाई जानकारी दिएकी हुन् । चीनले नेपाललाई दिन लागेको १० लाख डोज कोरोना खोप सिनोभ्याक कम्पनीले उत्पदान गरेको हो ।


मन्त्री श्रेष्ठका अनुसार नेपालमा आउनसक्ने कोरोना भाइरसको तेस्रो लहरसँग जुध्न आवश्यक पूर्वाधार निर्माणका लागि चीनले ९ करोड २४ लाख रुपैयाँ (५० लाख चिनियाँ युआन) पनि अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । यसअघि पनि चीनले नेपाललाई कोरोनाविरुद्धको खोप अनुदानमा दिएको थियो ।