खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती होः बाबुराम भट्टराई



१६ असाेज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई देवत्वकरण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक संजालमार्फत भट्टराईले यो निभ्ने बेलाको बत्ती भएको बताएका छन् । उनले भनेका छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो । लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्ने छ । नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !’