मुगुमा यात्रु सवार बस दुर्घटना, २४ जनाको घटनास्थलमै मृत्यु



२६ असाेज । मुगुमा ३९ जना यात्रु सवार बस दुर्घटना भएको छ । मंगलबार दिउँसो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको बस दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो ।   भे १ ख ३१६७ नम्बरको बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको प्रहरीले बताएकाे छ । । 

बस दुर्घटनामा २४ जनाको घटनास्थलमै मृत्यु भएकाे छ । १४ जना घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्जलगायतका स्थानका अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा उद्दारकार्य जारी रहेको छ ।


उद्दारको लागि सशस्त्र, नेपाल प्रहरी, स्थानीयबासी खटिएका छन्।  दुर्घटनामा परेकाहरूको उद्दार गरी अस्पताल लगिँदै गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।