१० मिनेटको अन्तरमा सिन्धुपाल्चोकमा दुई पटक भूकम्प



१ कात्तिक । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो लगातार दुईवटाभूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।


भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।