रूपन्देहीको मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी



२४ असाेज । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलमा कर्फ्यु आदेश जारी गरेको छ । आइतबार बिहानैदेखि बुटवलको मोतीपुर क्षेत्र तनावग्रस्त भएपछि प्रशासनले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको हो ।

प्रशासनले निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न तनावका कारण कर्फ्यु आदेश जारी गरेको जनाएको छ । 


प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आईतवार जारी गरेको आदेशमा आईतवार साँझ ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू लगाएको उल्लेख गरिएको छ ।

जारी आदेशमा पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुर, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका– १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

औद्योगिक क्षेत्रमा भएको झडपमा गोली चल्दा २ जना घाइते भएका थिए ।