मस्कोमा एघार दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द



११ कात्तिक । मस्कोमा कोरोना भाइरस सङ्क्रमण वृद्धि भएपछि एघार दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द गरिएको छ ।

बुधबार एक दिनमा ४० हजार ९६ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति थपिएका छन् । यस सङ्क्रमणको कारण १ हजार १५९ जनाको ज्यान गएको बिहीबार जानकारी दिइएको छ ।


रुसमा कोरोनाबाट हालसम्म ८२ लाख २० हजार ९७५ जना सङ्क्रमति भएका छन् । कोरोना सङ्क्रमणको कारण २ लाख २९ हजार ७२ जनाको मृत्यु भईसकेको छ ।