बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ९० लाख नाघ्यो



१४ कात्तिक । बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या ९० लाख नाघेको छ ।

त्यहाँका स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका हुन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार मात्र ४१ हजार २७८ जना सङ्क्रमित पुगेका थिए । यो समेतगरी त्यहाँ सङ्क्रमितको संख्या ९० लाख नाघेको हो ।


त्यसैगरी त्यहाँ गएको २४ घन्टा यतामात्र कोरोनाबाट १६६ जनाको ज्यान गएको छ । यो समेतगरी संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या १ लाख ४० हजार ५५८ जना पुगेको छ । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो देखिएको छ ।