पहिरोमा परी बैतडीमा चारजनाको मृत्यु



३ कात्तिक । केही दिनदेखिको वर्षाका कारण पहिरो खस्दा बैतडीमा चार जनाको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकामा पहिरोमा परी चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लगातारको अविरल वर्षाका कारण गएराति घर भत्किँदा सुर्नया– ५ रामकी बरायलकी ७१ वर्षीया परुदेवी महराको मृत्यु भएको छ ।

यस्तै ५५ वर्षीया सरस्वती विष्ट र निजकी बुहारी ३० वर्षीया माया विष्ट घाइते भएका छन् । यस्तै जिल्लाको शिवनाथ– ६ बसेडीमा घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र तीन वर्षीय सोम पार्की रहेका छन् । वर्षाका कारण तीन दिनदेखि यहाँको विद्युत् सेवा र सञ्चार सेवा पनि बन्द रहेको छ ।