थप १०४३ जनामा सङ्क्रमण पुष्टी, १२ काे मृत्यु



२० असाेज । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ४६५ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार १९४ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ रहेका छन् ।


यस्तै पछिल्लो २४ घन्टामा ८९१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७२ हजार २२९ पुगेकाे छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.६ प्रतिशत रहेको छ ।

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १९२ जनाको मृत्यु भइसकेको छ ।

आज ५९ हजार ३७६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । यस्तै अहिलेसम्म ७९ लाख ६२ हजार ६४७ ले पहिलो मात्रा र ६४ लाख १९ हजार ४८० ले पूर्ण मात्राको खोप लगाएका छन् ।