चीनको टेलिकममाथिको अमेरिकी प्रतिबन्ध ‘दुर्भावपूर्ण दमन’ : बेइजिङ



११ कात्तिक । संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको आधारमा चाइना टेलिकमलाई आफ्नो देशमा सञ्चालन गर्न प्रतिबन्ध लगाउनु भनेको “चिनियाँ कम्पनीको दुर्भावनापूर्ण दमन” भएको प्रतिक्रिया दिएको छ ।

बेइजिङले यस्ता कदमले सम्बन्ध बिग्रने चेतावनी दिएको छ । वाणिज्य मन्त्रालयका प्रवक्ता शु युटिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीनको आर्थिक तथा व्यापारिक टोलीले अमेरिकासँग “गम्भीर प्रतिनिधित्व” गरेको र बेइजिङले घटनाप्रति गम्भीर चासो व्यक्त गरेको बताएका छन् ।