एमाले विधान महाधिवेशन : राजनीतिक र साङ्गठनिक प्रतिवेदन पारित



१७ असाेज । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनले राजनीतिक र साङ्गठनिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले आफ्ना प्रतिवेदनमाथि उठेका सवालमा जवाफ दिएपछि हलले सर्वसम्मतरूपमा ती प्रतिवेदन पारित भएको हो ।

बन्दसत्रले यसअघि उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्ताव पारित गरेको थियो । महाधिवेशनमा स्थायी कमिटी सदस्य रघुजी पन्थले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरे । सो महाधिवेशनले डा विजय सुब्बाको अध्यक्षतामा १४ सदस्य केन्द्रीय निर्वाचन आयोग गठन गरेको छ । महाधिवेशनले पार्टीको लोगो परिमार्जन गरेको छ भने आजै एप्सको शुभारम्भ गरिएको छ ।