एमाले महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुने



१२ कात्तिक । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १ हजार ९९९ जना प्रतिनिधि सहभागी हुने भएका छन् । बिहीबार बसेको स्थायी कमिटीको बैठकले १ हजार ५३६ जना प्रतिनिधि हुने गरी प्रस्ताव गरेपनि शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले १ हजार ९९९ जना प्रतिनिधि हुने निर्णय गरेको हो ।

केन्द्रीय कमिटी सदस्यहरुले स्थायी कमिटीले प्रस्ताव गरेको महाधिवेशन प्रतिनिधिको संख्या कम भएको भनेपछि बढाएर १ हजार ९९९ पुर्याउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । त्यस्तै बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको छनोट कात्तिक २७ मा गर्ने निर्णयसमेत गरेको छ ।