एमालेको विधान महाधिवेशन(फोटोफिचर)



१५ असाेज । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजित विधान महाधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोवाइलको बटम थिचेर लोगो अनावरण गरेर उद्घाटन गरेका हुन् ।

विधान महाधिवेशनमा देशभरका ६ हजार भन्दा बढी प्रतिनिधिहरु सहभागी भएका एमालेले जनाएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रमा आज नै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् ।


शनिबार समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरु पारित हुनेछन् । विधान महाधिवेशनले पार्टीको नीति र विधि तय गर्ने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

एमालेले पहिलो पटक पार्टीको नीति निर्माणमा केन्द्रित भएर विधान महाधिवेशन आयोजना गरेको हो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिरको दोस्रो साता आयोजना हुनेछ ।