सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बसमा आगलागी



७ कात्तिक । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ।

सुर्खेतबाट काठमाडौं आइरहेको पञ्चकोशी यातायात प्रालिको ना ६ ख १४७१ नम्बरको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।


प्रहरीका अनुसार बसको अधिकांश भाग जलेको छ । यात्रुबाहक बस आगलागीमा मानवीय क्षति भएको छैन । छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ ।

बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिइएका थिए ।