सुमो जीप दुर्घटनामा दुईको मृत्यु, १० जना घाइते



३० असाेज । हेटौडा कुलेखानी काठमाडौँ सडक खण्ड अन्तरगत इन्द्रसरोबर गाउपालिका वडा न २ लामिबगरमा आज दिउँसो करिब ३ः ३० बजे काठमाडाैँबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ४५११ न को सुमो जीप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो दुर्घटनामा चालकसहित १० जना घाइतेलाइ प्रहरीले उद्धार गरी चार हेटौडा अस्पतालमा, चार काठमाडौँ सानेपाको स्टार हस्पिटलमा र दुइ जना पाटन अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाटन अस्पतालमा उपचारको क्रममा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। मृतकहरुको अहिलेसम्म सनाखत भइसकेको छैन ।