प्रचण्ड र माधव नेपालकाे बहिर्गमनपछि पार्टी सही ढंगले अगाडि बढ्यो : ओली



६ कात्तिक । देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन भर्चुअल रूपमा उद्घाटन गर्दै शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’  र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढेको बताएका छन् ।  उनले अब पार्टीभित्रको अनुशासनहीनता अन्त्य हुने बताए ।

उनले भने,  ‘पार्टी छोड्ने, आफ्नो समूह लिएर जाने काम भयो । अब पार्टी एक भएको छ । अब पार्टीलाई कमजोर बनाउने तत्व बाहिरिएपछि राम्रो भएको छ । प्रचण्डले पार्टी बहिर्गमन गरेपछि र माधव नेपाल फरक ढंगले गएपछि हामीले पार्टीलाई सही ढंगले अगाडि बढाएका छौं ।’ पछिल्लो समय कमिटी निर्माणका क्रममा पार्टीभित्र अनुशासनहीनता देखिएपनि अब त्यो अन्त्य हुने ओलीले बताए ।