थप १०९६ जनामा संक्रमण पुष्टि, १२ को मृत्यु



२ कात्तिक । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९१६ जनामा गरिएको नमूना परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो

मन्त्रालयका अनुसार सो समयावधिमा १००४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।


यस्तै पछिल्लाे २४ घण्टामा काराेना सङ्क्रमणका कारण १२ जनाको मृत्यु भएको छ । अहिले देशभर ११८१५ जना संक्रिय संक्रमित रहेका छन् ।