२५ भदाै । प्रतिनिधिसभाले तत्कालीन संविधानसभा सदस्यद्वय महेन्द्र शेरचन र जुठबहादुर खड्गी (जेवी टुहुरे) को निधनमा शोकप्रस्ताव पारित गरेको छ ।
नेकपा एमालेबाट विसं २०७० को संविधानसभामा समानुपातिकतर्फ बाट निर्वाचित शेरचनको ६८ वर्षको उमेरमा यही भदौ २ गते र एनेकपा माओवादीबाट विसं २०७० को संविधानसभामा निर्वाचित सदस्य एवं नेपाली जनवादी सङ्गीत क्षेत्रका लोकप्रिय कलाकार खड्गीको ७८ वर्षको उमेरमा यही भदौ १० गते निधन भएको थियो ।
प्रतिनिधिसभाको आजको तेस्रो बैठकले उहाँहरुको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो । प्रतिनिधिभाको अर्काे बैठक यही भदौ २७ गते आइतबार दिनको एक बजे बस्नेछ ।